×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् हेरफेरको तिव्र तयारीमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पनि फेरिन लागेका हुन् ?

PRIME CA
GLOBAL IME BANK

मन्त्रिपरिषद् हेरफेरको तिव्र तयारीमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पनि फेरिन लागेका हुन् ?

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) मन्त्रिपरिषद् फेरबदलको तिव्र तयारीमा लागेका छन् । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आफ्नै टिमप्रति असन्तुष्ट बनेका प्रचण्डले मन्त्रिपरिषद् फेरबदलको तयारी तिव्र बनाएका हुन् । उनले मन्त्रिपरिषद् फेरबदलका लागि यसअघि नै मन्त्रीहरुलाई उपत्यका नछोड्न निर्देशनसमेत दिइसकेका छन् ।

गत मंसिर १९ गते सरकारले सार्वजनिक गरेको सरकारको तीन महिनाको प्रतिवेदनले पनि सरकारको ‘पर्फमेन्स’ निकै कमजोर रहेको प्रष्ट्याएको थियो ।

मन्त्रीहरुको कामप्रति जनस्तरबाट र सत्तारुढ दलबाटै आलोचना बढ्न थालेपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् फेरबदलको निष्कर्षमा पुगेका छन् । उनी तत्काल मन्त्रिपरिषद् हेरफेर गरेर दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीहरुबाट गर्ने तरखरमा रहेको बुझिएको छ । यसका लागि प्रधानमन्त्री सत्तारुढ दलका शीर्ष नेताहरुसँगको परामर्शमा जुटेका छन् । यद्यपि मन्त्रिपरिषद् हेरफेर गर्ने वा पूरै टिम परिवर्तन गर्ने भन्ने विषयमा भने सहमति हुन सकेको छैन ।

यता मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेको बेला मन्त्रीहरुले भने आफूहरुले काम गर्न प्रधानमन्त्री कार्यालयबाटै सहयोग नपाएको गुनासो गरेका छन् । सम्भवत्ः यही साताभित्र मन्त्रिपरिषद् हेरफेर हुनसक्ने सम्भावना प्रवल रहेको प्रधानमन्त्री स्रोतले बताएको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद् हेरफेरमा अर्थमन्त्री पनि पर्नसक्ने सम्भावना अधिक देखिएको छ । पछिल्लो एक वर्षको कार्यकालमा अर्थमन्त्रीको कामप्रति पनि प्रधानमन्त्री त्यति सन्तुष्ट देखिन्नन् । यही कारण पनि यसपालीको मन्त्रिपरिषद् फेरबलमा अर्थमन्त्री पनि फेरिन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । यद्यपि अर्थमन्त्री फेरबदलको विषयमा सत्तारुढ दलसँग छलफल चलिरहेको हुँदा अर्थमन्त्री के गर्ने ? भन्ने विषयमा टुँगो भने लागिसकेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: