काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुष ३ गते मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष पनि सेयरधनीको हात खाली राखेको थियो । लगातार दुई वर्ष सेयरधनीलाई लाभांश नदिए पछि लगानीकर्ताहरु निराश भएका छन् ।
उक्त बैठकले पुष २६ गते साधारणसभा गर्ने जनाएको छ । सभा कम्पनीको कार्यालय थानकोटमा दिउँसो १२:३० बजे सुरु हुने जनाईएको छ । सभामासभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्