Skip to content
LAXMI SUNRISE BANK

विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गयो अख्तियार, गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा सजाय गर्न माग

अर्थ सरोकार

काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा निलम्बित आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई सजायको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा शर्मालाई सफाइ दिएपछि उक्त निर्णयविरुद्ध अख्तियार सर्वोच्च गएको हो ।

विशेष अदालतले कर फर्स्यौट आयोगबाट भएको राजस्व चुहावटको मुद्दामा शर्मालाई दोषी ठहर गरेपछि गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ दिएको थियो । तर, विशेष अदालतको उक्त निर्णय त्रुटीपूर्ण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । अख्तियारले शर्मासहित उनकी पत्नी कल्पना उप्रेतीलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सजायको माग गरेको छ ।

अख्तियारले शर्मासहित उनकी पत्नीलाई कसुरदार ठहर गर्न माग गरेको छ । अख्तियारले शर्मामाथि २०७४ माघ १५ गते गैरकानूनी सम्पत्ति आर्जनको अभियोग लगाएको थियो ।

तर, विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले चुडामणि शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिएको थियो ।

शर्माले चार करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । तर, विशेष अदालतले शर्माविरुद्धका कागजात तथा प्रमाणहरुको मूल्यांकन नगरी हचुवाको भरमा निर्णय गरेको अख्तियारको दाबी छ । सोही अनुसार अख्तियार शर्मालाई सजायको माग गर्दै सर्वोच्च गएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK