Skip to content
LAXMI SUNRISE BANK

पाँच महिनामा नेपालीले झण्डै २७ करोडको चुइगम पड्काए…

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा नेपालमा झण्डै २७ करोडको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको हो ।

विभागका अनुसार सरकारले चुइगममार्फत २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयत भएको थियो । विभागका अनुसार पछिल्लो पाँच महिनामा नेपालमा भारतबाट मात्रै २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ ।

त्यसबाहेक नेपालले यूके, अमेरिका लगायत दर्जन बढी देशबाट चुइगम आयात गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK