×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता

PRIME CA

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता

११ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशन हुनेछ । हाइड्रोपावरको आगामी साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि मात्रै थप प्रक्रिया अगाडी बढ्ने क्यापिटलले जनाएको छ ।

युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी-१ जलविद्युत आयोजना’ २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: