×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय अपाङ्ग कोषद्धारा सिटी एक्सप्रेस सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय अपाङ्ग कोषद्धारा सिटी एक्सप्रेस सम्मानित

Artha Sarokar

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्मानित भएको छ । राष्ट्रिय अपाङ्ग कोषले आइतबार कम्पनीलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं शहरी विकास मन्त्री सिता गुरुङले हस्तान्तरण गरेकी हुन् ।

गत वैशाखमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । कम्पनीले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलाई उक्त रकम सहयोग गरेको बताएको छ ।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १ हजार ५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी