×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही पक्राउ परेका हुन् ।
उनले सोम्बार तामाङसहित २ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिन्छु भनी रकम ठगी गरेका थिए । उनले माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख १० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर पीडितहरुबाट पटक पटक गरी ७ लाख ५ हजार रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मङ्सिर २१ गते ललितपुर महानगरपालिका वडा नं. ४ जावलाखेलबाट पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी