×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला तामाकोशी लिखु गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ मैपी बस्ने २६ वर्षीय पोसाक सुनुवार रहेका छन्।

उनले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गरेका थिए । सुनुवारले गुरुङलाई माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक एक लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेका थिए । उनले पीडितबाट पटक पटक गरी ३ लाख ३० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  मङ्सिर ३० गते मैपीबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनुवारलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी