×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउदी अरब पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ

PRIME CA
GLOBAL IME BANK

साउदी अरब पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारीको लागि साउदी अरब पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका वडा नं.९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं. १० घर भएकी ४० वर्षीय सोफि मल्ल पक्राउ परेका हुन् ।
पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ मेनपावरका संचालकले ओम बाबु साहलाई साउदी अरब पठाईदिने भन्दै १ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक ४० हजार रुपैयाँ तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेको पीडितले बताएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका वडा नं. ३१ बाट पक्राउ गरेको हो ।  उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: