काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका वडा नं. ०६ घर भई हाल काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं. २ बस्ने ५१ वर्षीय हरि कुमार दाहाल रहेका छन् ।
उनले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै ६ लाख ७७ हजार ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।