×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त

Artha Sarokar

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरेका हुन् ।

करिव १७ वर्ष को बैंकिङ अनुभव भएका सुवेदीले शुक्रबार आफ्नो पद वहाली गरेका छन् । उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडी सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत थिए ।

सुवेदीको नियुक्तीले बैंकको आफ्नो व्यवसाय वृद्धीमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी