×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमद्वारा धनगढिका आनसिंह बोहोरा पुरस्कृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमद्वारा धनगढिका आनसिंह बोहोरा पुरस्कृत

Artha Sarokar

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिशहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेतालाई पुरस्कार रकम प्रदान गरेको छ । उक्त योजना अन्तर्गत धनगढिका आनसिंह बोहोरालाई पुरस्कार रकम प्रदान गरेको हो ।

एक कार्यक्रमको आयोजना गरी बोहोरालाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । कार्तिक २० गते भएको लक्की ड्र मार्फत धनगढिका आनसिंह बोहोराले नगद एक लाख रुपैयाँ जितेका थिए ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । कम्पनीले उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुलाई धन्यबाद दिएको छ ।

साथै हरेक हप्ता नगद रु एक लाख जित्न सफल भएका सम्पुर्ण विजेतालाई हार्दिक वधाई समेत दिएको छ । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने छ जसवाट ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी