काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बार्दली रेष्टुरेन्टको अवैध संरचनामा डोजर चलाएको छ ।
बिजुलीबजारको पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले र्सावजनिक जग्गा मिचेर बनाएको संरचनामा बिहीबार बिहान महानगरले डोजर चलाएको हो ।
महानगर प्रहरीसहितको टोलीले बिहीबार बिहानै बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काएको हो । अवैध रुपमा संरचना निर्माण हुँदा सडक साँघुरिएर जाम बढ्न थालेपछि महानगरले बार्दलीको अवैध संरचनामा डोजर चलाएको हो ।
महानगरले यसअघि बार्दली रेष्टुरेन्टभन्दा उत्तरपट्टीका संरचना भत्काइसकेको छ ।