Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणले एनसेलको टावरमा पनि लाइन काट्यो !

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा पनि लाइन काटेको छ । विद्युतबापतको महसुल नतिरेको भन्दै प्राधिकरणले एनसेलका ६ वटा टावरमा लाइन काटेको हो ।

प्राधिकरणका अनुसार मकवानपुरको सिमभञ्ज्याङ, कुलेखानी, देउराली, सल्ले, फाखेल मार्खु र कुन्छाल गरी ६ ठाउँमा रहेका एनसेलको टावरमा लाइन काटिएको हो ।

लाइन काटिएका टावरहरुमा प्रयोग भएको बिजुलीबापतको महसुल तीन महिनादेखि नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ । पटकपटक महसुल तिर्नका लागि ताकेता गर्दा पनि महसुल नतिरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK