×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मान्छे मरिसकेपछि अदालतको फैसला- ‘सीप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सहभागी गराउनू’

PRIME CA
GLOBAL IME BANK

मान्छे मरिसकेपछि अदालतको फैसला- ‘सीप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सहभागी गराउनू’

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएका सबैजनालाई ईपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको रिटमाथि उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सीप बिल्डिङमा आवेदन दिएका सबैजनालाई ईपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरुले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । तर, उच्च अदालत पाटनले आवेदन प्रक्रियामा सहभागी गराउने भन्दै आदेश जारी गरेको थियो ।

अदालतको सोही आदेशका आधारमा १८ जनाले शुक्रबार आवेदन भरेका थिए । तर, अन्यले भर्न नपाएपछि आवेदन दिन नपाएकाहरुले आन्दोलन गरेका हुन् । सो आन्दोलनमा प्रहरीको गोली लागेर एकजनाको मृत्युसमेत भएको छ ।

मृत्यु हुनेमा करिब २३ वर्षीय सुजन राउत रहेका छन् । उनको उपचारका क्रममा किष्ट हस्पिटलमा मृत्यु भएको अस्तालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले पुष्टि गरेका छन् ।

शुक्रबार आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको सरकारी गाडीमा आगजनीसमेत गरेका थिए । सोही प्रश्चात आन्दोलन बिथोल्न प्रहरीले बालकुमारीमा गोली चलाएको थियो । सोही गोली लागेर राउतको निधन भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: