Skip to content
LAXMI SUNRISE BANK

ईसेवा र साइप्रसको जिएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अर्थ सरोकार

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र जिएस क्यासलाइनको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै साइप्रस बसोबास तथा काम गर्दै आएका नेपालीहरुले जिएस क्यासलाइनको ४० शाखाहरुबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । साथै, जिएस क्यासलाइनबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८ सय भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्थाहरु तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

ईसेवा मनि ट्रान्स्फर र जिएस क्यासलाइनबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत,अजेश कोईरालाले भने, ‘जिएस क्यासलाइनको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। जिएस क्यासलाइन, साइप्रस मार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले साइप्रसमा रहनुभएका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ ।’

त्यस्तै, सम्झौताबारे बोल्ने क्रममा जिएस क्यासलाइनका प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले भने, ‘यस सम्झौताले जिएस क्यासलाइन मार्फत सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने र आगामी दिनहरूमा हामी साइप्रसमा बस्ने नेपालीहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न सक्छौं भन्ने विश्वास पनि छ ।’

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK