Skip to content
LAXMI SUNRISE BANK

इसेवा र नागरिक स्टक डिलरबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं । इसेवा र नागरिक स्टक डिलरबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी अव इसेवाबाट गर्ने सकिने भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका हुन् ।

नागरिक स्टक डिलर, मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ । उक्त सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने विश्वास छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK