काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र अल फरदान एक्सचेन्ज कतारबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा अब कतारको अल फरदान एक्सचेंजबाट पनि सुरु भएको हो । स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसाथ गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ ।
सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेन्जको तर्फबाट महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका हुन् । ईसेवा मनि ट्रान्स्फर र अल फरदान एक्सचेन्जबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै यो सम्झौता संगै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले अल फरदान एक्सचेन्जको १६ शाखाहरु वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।
अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ ।
साथै यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘अल फरदान एक्सचेन्जको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ । अल फरदान एक्सचेन्ज कतारमार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता सहजता हुने कुरामा हामीलाई विश्वास छ’।
यस्तै सोहि क्रममा अल फरदान एक्सचेन्जका महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले भने,‘यस सम्झौताले अल फरदान एक्सचेन्जमार्फत सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने र पैसा स्थानान्तरणलाई छिटो र अधिक किफायती हुने विश्वास पनि छ।’
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
अल फरदान एक्सचेन्ज विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । अल फरदान एक्सचेंज विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले विश्वभरि लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्