काठमाडौं । फोनपेले नयाँ वर्षलाई लक्षित गर्दै ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । फोनपेसँग ‘सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देशसहित अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।
यस अभियानको उद्देश्य फोनपे क्यूआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी वा लेनदेनका आवश्यकताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु हो । उक्त अभियान पौस १३ गतेदेखि पौस १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधि भर पाँच पटक सम्म प्रयोग गर्नुपर्ने हुन्छ । साथै, फोनपे क्यूआर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्नेछन् ।
यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई MI-Xiaomi 12 स्मार्टफोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ । अभियान मार्फत फोनपेले फोनपेद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानी आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यक्ता नै हुन पुगेको छ ।
अभियानको उदेश्यका बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले भने, ‘फोनपे गर्ने हो अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ१ सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ।’
फोनपे सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्