काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकरी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पौष १ गतेदेखि लागु हुने गरी केसीलाई नियुक्त गरेको हो ।
उनीसँग विभिन्न बैंक तथा वित्तिय संस्थामा करिब २० वर्ष भन्दा बढीको कार्य अनुभवको साथसाथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लि.को आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ । आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउने अपेक्षा लिएको बैंकले जनाएको छ ।
बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वहरुको संचालक समिति रहेको छ । बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै नि:शुल्क ABBS, C-ASBA, IPS, ECC, Mobile Banking, Merchant payment Facility (QR code) लगायत सम्पुर्ण बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको जनाएको छ ।
बैंकले प्रधान कार्यालय, बाह्रविसे तथा बनेपा स्थित कर्पोरेट तथा शाखा कार्यालयहरु मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा, ठोकर्पा, सुकुटे, लामोसाँघु तथा खोलेसिमल गरी गरी कुल २६ शाखा तथा सिलढुङ्गामा सिमित बैंकिङ ईकाई कार्यालय सहित कूल २७ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्