×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको सचिवालयबाट बाहिरिँदै गंगा दाहाल !

PRIME CA

प्रधानमन्त्रीको सचिवालयबाट बाहिरिँदै गंगा दाहाल !

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री सचिवालयबाट प्रचण्ड पुत्री गंगा दाहाल बाहिरिने भएकी छिन् । कार्यकालको दोस्रो वर्षको सुरुवात गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो सचिवालय हेरफेरका क्रममा गंगा दाहाललाई पनि हटाउने तयारी गरेको बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार आफ्नो सचिवालयका महत्वपूर्ण पदहरुमा परिवर्तन गर्दैछन् ।

सोही परिवर्तनका क्रममा प्रधानमन्त्री सचिवालयको नेतृत्व गरिरहेकी प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई पनि हटाउन लागिएको स्रोतको दाबी छ । स्रोतका अनुसार दाहालसँगै जनसम्पर्क र प्रेस अन्तर्गत रहेका केहीलाई हेरफेर गरिन लागिएको हो ।

प्रधानमन्त्रीले स्वकीय सचिव आफ्नै छोरीलाई राख्नु गलत भएको र यही कारण माओवादीका नेता तथा कार्यकर्ताको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डसम्म सहज पहुँच हुन नसकेको भन्दै चर्को आलोचनासमेत हुँदै आएको छ । साथै, प्रधानमन्त्रीले पहिलो कार्यकाल सकिएको अवसरमा राष्ट्रको नाममा गरेको सम्बोधनमा पनि सचिवालयदेखि मन्त्रीमण्डल हेरफेर गर्ने घोषणा गर्नुले पनि गंगा दाहाल प्रधानमन्त्री सचिवालयबाट बाहिरिने कुरालाई थप बल पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: