×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विवाह सिजनको अन्त्यसँगै घट्न थाल्यो सुनको मूल्य, व्यवसायी भन्छन्, ‘अझै घट्छ’, विज्ञ भन्छन्, ‘माघमा मूल्यले रेकर्ड तोड्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विवाह सिजनको अन्त्यसँगै घट्न थाल्यो सुनको मूल्य, व्यवसायी भन्छन्, ‘अझै घट्छ’, विज्ञ भन्छन्, ‘माघमा मूल्यले रेकर्ड तोड्छ’

Artha Sarokar

३ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विवाहको सिजन सकिएसँगै सुनको मूल्य पनि निरन्त घट्न थालेको छ । विवाहको सिजनका रुपमा लिइने मंसिर सकिएसँगै नेपाली बजारमा कीर्तीमानी कायम गरेको सुनको मूल्य घट्दो ट्रेण्डमा देखिएको हो ।

यसो त मंसिरमा नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड नै बनाएको थियो । विवाहको सिजनमै प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य हालसम्मकै कीर्तिमानी मूल्य थियो । तर, मंसिर महिनाको विदाईसँगै सुनको मूल्य ओरालो लागेको छ । मंसिर सकिएकै दिन अर्थात पुष १ गते नेपाली बजारमा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले सस्तिएको थियो । योसँगै अब सुनको मूल्य निरन्तर घट्दै जाने संकेत देखिएको व्यवसायीहरुले बताएका छन् ।

यद्यपि सुनको मूल्य बढ्नु वा घट्नुमा सिजनले फरक पार्दैन । तर, सिजन सकिएसँगै सुनको माग घटेपछि मूल्यमा पनि घट्दै जाने व्यवसायीहरुले बताएका छन् । अर्कोतर्फ अन्तराष्ट्रिय बजारमै पनि सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपालमा पनि देखिएको व्यवसायीहरु बताउँछन् ।

तर, सुनको मूल्य अत्याधिक बढ्दा सिजनमा पनि सोचेजस्तो व्यवापार नभएको सुन व्यवसायीहरुको भनाई छ । हुन पनि यसवर्ष सुनको मूल्यमा देखिएको अचाक्ली वृद्धिका कारण १० तोला सुन किन्नेहरुले पनि २ तोला सुनमै चित्त बुझाएको देखिन्छ । यसले सुनको मूल्यसँगै मंसिरमा विवाह गर्ने जोडीको विवाह पनि महँगिएको प्रष्ट संकेत गर्छ ।

त्यस्तै, मंसिर सकिएसँगै घटेको सुनको मूल्य माघ लागेसँगै पुनः बढ्ने जानकारहरु बताउँछन् । माघपछि पुनः विवाहको सिजन सुरु हुने भएकाले सुनको माघ बढ्ने र अन्तराष्ट्रि बजारमा पनि सुनको मूल्य बढ्दो ट्रेण्डमा देखिएकाले माघमा सुनको मूल्य झनै बढ्ने अनुमान गरिएको छ । सम्भवत् माघमा सुनको मूल्यले पुषमा बनाएको रेडर्क ब्रेक गर्न सक्ने पनि अनुमान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी