×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

Artha Sarokar

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८०० रुपैयाँले बढेर एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २८०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर प्रतितोला १४५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ३ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी