काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले बढेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २०० रुपैयाँले बढेर प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम सुनको छापावाला सुनको मूल्य एक लाख एक हजार एक सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४३ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।