×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले बढेर एक लाख २२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३०० रुपैयाँले बढेर प्रतितोला एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४ हजार ५ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ४ हजार ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२७७.५० रुपैयाँ कायम  गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी