×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शुक्रबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Artha Sarokar

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले घटेर एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३०० रुपैयाँले घटेर प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १४५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य एक लाख ३ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख दुई हजार ९ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी