×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकाधिकारको मुद्दामा गुगलले ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एकाधिकारको मुद्दामा गुगलले ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने

Artha Sarokar

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एकाधिकारको मुद्दामा गुगलको मातृ कम्पनी अल्फाबेटले ९३ अर्ब जरिवाना तिर्ने भएको छ । अल्फाबेटले प्ले स्टोरको एकाधिकार सम्बन्धी मुद्दामा ७० करोड डलर अर्थात् करिब ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने भएको हो । अमेरिकाका ५० वटा राज्य तथा उपभोक्ताहरुले दायर गरेको मुद्दामा ७० करोड डलर क्षतिपूर्ति तिर्न गुगल तयार भएको हो ।

उक्त उजुरीमा एन्ड्रोइड एपस्टोरको बजारमा गुगलले प्रतिस्पर्धा विरोधी अवैधानिक एकाधिकार कायम गरेको, एन्ड्रोइड एपहरुको मूल्य बढाएको, गुगल प्लेका कारोबारमा ३० प्रतिशतसम्म कमिसन लिएको लगायतका अभियोग लगाइएको छ । उक्त मुद्दामा ७० करोड तिरेर मिलापत्र गर्न गुगल सहमत भएको छ ।

यस विषयमा गुगलले गरेको प्रस्ताव अनुसार ६२ करोड ९० लाख डलर रकम उपभोक्ताहरुलाई जानेछ जसले एपहरु खरिद गर्दा वा एपमार्फत् कारोबार गर्दा बढी रकम तिर्नुपरेको थियो । त्यस्तै, गुगलले ७ करोड डलर ५० वटा अमेरिकी राज्य तथा १० लाख डलर मुद्दाको प्रशासनिक खर्चका लागि छुट्याएको छ ।

त्यस्तै, गुगलले आगमी ७ वर्षसम्म एन्ड्रोइड मोबाइलमा प्ले बाहेकका माध्यमबाट समेत थर्ड पार्टी एपहरु डाउनलोड गर्ने सुविधा पनि दिने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी