काठमाडौं । गुराँस लघुवित्तले सेयरधनीलाई लाभांश नदिने भएको छ । लघुवित्तको मङ्सिर १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको हो । साथै, बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्