×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हंस बहुउद्देश्यीय सहकारीको २०औं साधारणसभा सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हंस बहुउद्देश्यीय सहकारीको २०औं साधारणसभा सम्पन्न

Artha Sarokar

२७ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा मंगलबार नारायणगढ स्थित नारायणी कला मन्दिरमा साधारणसभा सम्पन्न भएको हो ।

राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति दिन खस्कदै गएको र छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले सहकारी विकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पारे ।

साधारणसभामा भरतपुर महानगरपालिका वडा न.१ का वडा अध्यक्ष केशव महर्जन, चितवन उद्योग संघका अध्यक्ष सूर्य न्यौपाने, जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, सहकारी प्रवर्द्धन शाखा प्रमुख रोजी के.सी. लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए । सभामा चितवन चेम्बर अफ कमर्सका गोपाल भट्टराई, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लि।का उपाध्यक्ष जयलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रामशरण सापकोटा, सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मन्जु भट्ट पाण्डे लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवं संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, ज्येष्ठ सेयर सदस्य, बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी गरी २९ जनालाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो ।साधारणसभामा संस्थागत परिचय दिँदै सदस्यहरुले राखेको जिज्ञासा माथि संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले प्रकाश परेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी