काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । धरानको समृद्धिका लागि संघ सरकारले चासो नदिएको भन्दै उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन् ।
कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै उनले यलम्बरको तस्बिर राखेका छन् ।
बुधबार मात्रै मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने घोषणा गरेका थिए । साथै उनले जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्ने भनेका थिए ।
नभन्दै उनले बिहीबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएका छन् ।