Skip to content
LAXMI SUNRISE BANK

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।

हाथवेले लाभांश पारित गर्नका लागि पुष २६ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुष ११ गते सम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK