काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् । वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताएका छन् ।
कार्यक्रममा पूर्ववडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नवीनकुमार उपाध्याय, लिपनीबिर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलगायतको उपस्थिति थियो ।
समाजिक सेवाको उद्देश्यले बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्देश्यले रु २० लाखको एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको महाप्रबन्धक उपाध्यायले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्