×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुण्डीको झण्डै २० लाख नगदसहित एकजना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हुण्डीको झण्डै २० लाख नगदसहित एकजना पक्राउ

Artha Sarokar

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विराटनगरबाट स्रोत नखुलेको झण्डै २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले विराटनगर महानगरपालिका–६ केशलिया मार्गबाट पक्राउ गरेको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–५ घर भएका साह हुण्डी कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको हो । साहलाई बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसान्धान कार्यालय इटहरी पठाइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताएका छन् ।

अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ ।

यसक्रममा गत कात्तिक १४ गते १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो । उनलाई हुण्डी कारोबारीहरुले प्रयोग गरेको पाइएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी