×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्थानान्तरण

LAXMI SUNRISE BANK
GLOBAL

आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्थानान्तरण

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपि· कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्थानान्तरण गरेको छ । उक्त शाखा कार्यालयको उद्धघाटन समारोह मङ्सिर २९ गते शुक्रबार सम्पन्न भएको हो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्धघाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानिय महानुभावहरुको उपस्थिति रहेको थियो।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी