×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा स्टिलसहित तीन उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाईनमा !

अर्थ सरोकार

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार

PRIME CA

जगदम्बा स्टिलसहित तीन उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाईनमा !

काठमाडौँ । जगदम्बा स्टिलसहित तीन उत्पादनमूलक कम्पनीले प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । सर्वोत्तम सिमेन्टपछि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स र एसवाई प्यानल नेपालले आईपीओ जारी गर्ने तयारी गरेका हुन् । यी तीनवटै कम्पनीको आईपीओ प्रक्रियामै रहेका छन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई आईपीओ जारी गरिसकेको छ भने सर्वसाधारणका लागि जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।

त्यस्तै, आईपीओ निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर प्रक्रियामा रहेको जगदम्बा स्टिलले प्रतिकित्ता ३ सय रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न खोजेको छ । अंकित मूल्य १ सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम थप गर्दै आईपीओका लागि आवेदन दिएको जगदम्बाले स्थानीयबासी र सर्वसाधारणका लागि कुल २ करोड ७० हजार कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल छ ।

त्यस्तै, बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासनका लागि आवेदन दिएको रिलायन्स स्पिनिङ मिल्सले पहिले संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको हो । संस्थागत लगानीकर्तालाई निष्कासन भइसकेपछि मात्रै सर्वसाधारणलाई जारी हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

अर्को एसवाई प्यानल नेपालले भने अंकित मूल्यमा ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: