×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिइन्स्योरेन्सको आइपीओ पुष ११ गते बाँडफाँट हुने

अर्थ सरोकार

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार

PRIME CA

हिमालयन रिइन्स्योरेन्सको आइपीओ पुष ११ गते बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओ पुष ११ गते बुधबार बिहान १० बजे बाँडफाँट हुने भएको हो ।

उक्त आइपीओमा १६ लाख ६० हजार २२ जना आवेदकले १० कित्ताका दरले १ करोड ६६ लाख २२० कित्ता सेयर हात पार्ने भएका छन् । त्यस्तै, बाँकी रहेको सेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा थप कित्ता सेयर अरु लगानीकर्ताले हात पार्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आइपीओ बिक्री खुला गरेको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देखिदैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: