Skip to content
LAXMI SUNRISE BANK

जगदम्बाका कर्मचारीले विद्युत प्राधिकरणको कार्यालय घेर्ने !

अर्थ सरोकार

काठमाडौँ । जगदम्बा स्टिलका कर्मचारीहरुले मंगलबार विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्ने भएका छन् । प्राधिकरणले डेडिकेटेड लाइनबाट बिजुली प्रयोग गरेको शुल्क नतिरेको भन्दै उद्योगको लाइन काटेपछि जगदम्बा स्टिलका ३५ सय कर्मचारीहरुले मंगलबार प्राधिकरणको सिमरास्थित सबस्टेसन रहेको कार्यालय घेराउ गर्न लागेका हुन् ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिलले प्राधिकरणलाई विद्युत महसुलको बक्यौताबापत ४ अर्ब १४ करोड रुपैयाँ तिर्न बाँकी छ ।

तर, जगदम्बा स्टिलका सञ्चालक शाहिल अग्रवालले भने बिजुली प्रयोग गरेको प्रमाणबिना प्राधिकरणले फर्जी बिल पठाएर दादागिरी देखाएको आरोप लगाएका छन् । प्राधिकरणले लाइन काटेपछि तीन दिनदेखि कामबिहीन भएको भन्दै जगदम्बा स्टिलका ३५ सय कर्मचारीले प्राधिकरणको कार्यालय घेराउ गर्ने घोषणा गरेका हुन् ।

बिजुली लाइन काटेपछि उद्योग बन्द हुँदा दैनिक साढे दुई करोड रुपैयाँ घाटा भएको स्टिलका सञ्चालकल अग्रवालले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK