काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १:०.६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो । बोर्डबाट अनुमति पाएपछि मात्रै थप प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । त्यस्तै, हाइड्रोपावरले उक्त सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्