×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स सर्भिसबीच फाइभ इन वान सेवा सम्झौता

अर्थ सरोकार

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार

PRIME CA

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स सर्भिसबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स सर्भिसबीच सम्झौता भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्ससँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । सो सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: