×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता र अनुभव

PRIME CA

कर्णाली डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता र अनुभव

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि केहि कर्मचारी माग गरेको हो ।

१. मान्यता प्राप्त र सेमी चार्टर्ड एकाउन्टेन्ट पद (सुपरभाइजर/जुनियर अफिसर/अफिसर)

विभागहरू: आन्तरिक लेखा परीक्षण र जोखिम व्यवस्थापन

योग्यता:आईसीएएन र आईसीएआईबाट मान्यता प्राप्त वा सेमी-मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ ।

अनुभव: बैंकिङ अनुभव भएकालाई मान्यता दिईने छ ।

उमेर: सुपरभाइजरको लागि ३५ वर्ष भन्दा बढी नभएको, र अधिकृत स्तरको लागि ४० वर्ष भन्दा बढी नभएको हुनुपर्नेछ ।

ड्राइभिङ लाइसेन्स अवश्यक छ ।

२. कानूनी विभाग पद (जुनियर अफिसर र अफिसर) 

योग्यता : मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनको ब्याचलरको डिग्री गरेको हुनुपर्ने छ।

अनुभव: कानूनी विभाग र कानूनी कार्यालयमा अधिकृतको रूपमा २ वर्षको काम अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने छ ।

उमेर: २१ बाट ४० वर्ष सम्म।

३. अफिसर

योग्यता :  कम्तीमा ब्याचलरको डिग्री गरेको हुनुपर्ने छ ।

अनुभव: बैंकिङ, बिमास्वास्थ्य र बित्तिय सेवामा ३ देखि ५ वर्षको काम अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने छ ।

उमेर: २१ बाट ४० वर्ष सम्म हुनुपर्नेछ ।

४.असिस्टेन्ट 

योग्यता:  कम्तीमा +२ गरेको हुनुपर्ने छ ।

अनुभव: बैंकिङ, बिमास्वास्थ्य र बित्तिय सेवामा १ देखि ३ वर्षको काम अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने छ ।

उमेर: १८ बाट ३५ वर्ष सम्मको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पौष १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन बैंकको इमेलमा [email protected] पठाउन सकिनेछ । त्यस्तै, सर्टलिस्टमा परेका आवेदनकर्तालाई मात्र थप प्रक्रियाका लागि बोलाईने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: