Skip to content
LAXMI SUNRISE BANK

बानेश्वरको आकासे पुलमा लिफ्ट राख्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाशे पुलमा लिफ्ट राख्ने तयारी गरेको छ । महानगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बानेश्वरको आकाशे पुलमा दुईवटा लिफ्ट राख्ने तयारी गरेको हो ।

आकाशे पुलमा राखिने लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुसार प्रयोग गर्न पाउनेछन् । खासगरी लिफ्ट ज्येष्ठ नागरिकलाई लक्षित गरेर राखिने भए पनि शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालकालिकाहरुले पनि लिफ्ट प्रयोग गर्न सक्नेछन् ।

आकाशे पुलमा लिफ्ट राख्नका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ ।

लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको र आगामी साता निर्माणका लागि सार्वजनिक सूचना जारी गरिनेछ । आकाशे पुलमा लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेखका लागि महानगरले केही स्वयमसेवक पनि राख्ने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK