×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीबाट मात्र ५० रुपैयाँको टपअपमा थाइल्याण्ड घुम्ने मौका

PRIME CA

खल्तीबाट मात्र ५० रुपैयाँको टपअपमा थाइल्याण्ड घुम्ने मौका

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । खल्तीले टपअपमा आइफोन र डाइमोण्ड रिङको अफर पश्चात टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बोन होलिडेको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मङ्सिर १५ गतेदेखि पौष २९ गतेसम्म ५० रुपैयाँको टपअप गरी थाइल्याण्ड भ्रमणको लक्की ड्रमा सहभागी हुन सक्नेछन् । साथै, हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्न सक्नेछन् ।

अफरमा सहभागी हुन ग्राहकहरुले खल्तीको फिचर्ड सर्भिस सेक्सनमा रहेको ‘टपअपमा मा थाइल्याण्ड ट्रीप’ आइकनबाट ५० रुपैयाँको गर्नुपर्नेछ । रिचार्ज गरे पश्चात केवाईसी भेरीफाइड ग्राहकहरु थाइल्याण्ड भ्रमण जित्न योग्य हुनेछन् भने २५ खल्ती पोइन्ट्स पनि तुरुन्तै आफ्नो खल्ती खातामा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसरी योजनामा सहभागी हुने ग्राहकमध्ये १ जना भाग्यशाली जोडी थाइल्याण्ड भ्रमण जान पाउनेछन् । बिजेताको घोषणा अफर सकिएको हफ्ता दिनभित्र खल्तीको फेसबुक लाइभमा गरिने जनाईएको छ । ‘टपअप मा थाइल्याण्ड ट्रिप’ योजना मङ्सिर १५ गतेदेखि पौष २९ गतेसम्म संचालन हुनेछ ।

‘खल्तीका प्रमखु कार्यकारी अधिकृत विनय खड्काले अफरको बारेमा भने, ‘डिजिटल भुक्तानी प्रति उत्प्रेरित गर्न हामीले प्रदान गर्दै आएका अफर मध्ये एकदमै रुचाइएको अफर टपअपको पनि हो। गएको मङ्सिरमा हामीले टपअपमा डायमण्ड रिङ्ग अफर पनि सञ्चालन गरेका थियौँ  र यस ४५ दिन सञ्चालित अफर अन्तर्गत ५५ हजार प्रयोगकर्ता अफरमा सहभागी भएका थिए । यसरी नै टपअपमा थाइल्याण्ड ट्रिप अफर मार्फत हामी थप प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रति आकर्षित गर्दै लाभान्वित गर्ने कुरामा विश्वस्त छौँ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: