काठमाडौं । ‘खल्ती’ ले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न ‘खल्ती पेमेन्ट गेटवे’को सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यस सुविधा अन्तर्गत हाल पाँच हजार व्यवसायिहरूले लाभान्वित भएका छन् भने अझै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले ‘स्मार्ट उद्यमी’ अफर उपलब्ध गराएको छ ।
यस सुविधा अन्तर्गत ‘खल्ती पेमेन्ट गेट वे’ मा आवद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहकबाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिटको रूपमा API शुल्कमा १००% मनी ब्याक प्राप्त गर्नेछन् । यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने बस्तु जस्तै प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालित हुने ‘स्मार्ट उद्यमी’ अफर अन्तर्गत खल्तीसँग साइन अप गरी ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै API शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरू मध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्न सक्नेछन् ।
यसका अतिरिक्त खल्तीको SDK/API मा आबद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको इ-बैंकिङ, मोबाइल बैंकिङ, एस.सी.टी र भिसा र मास्टर कार्ड, कनेक्ट आई.पी.एस मार्फत सरल तरिकाले भुक्तानी लिन सक्ने खल्तीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्