काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । उक्त साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल-सिजन ५’ का सहभागीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको ‘द भ्वाइस’ ले यस अघि ४ शृङ्खलाहरूमा ‘द भ्वाइस नेपाल’ साथै बालबालिकाहरूलाई केन्द्रित गरी आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ । लगातारको सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस अफ नेपाल’को पाचौँ शृङ्खला अगि बढाएको छ ।
रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रममा कोच र निर्णायकको रूपमा गायक उदय सोतांग , प्रमोद खरेल , राजेश पायल राई र गायिका मिलन नेवारलाई देख्न सकिन्छ। ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको उक्त कार्यक्रमको ब्याटल राउन्ड र नक आउट राउण्ड पनि समापन भएको छ । ब्याटल राउन्डको अन्त्य संगै अब लाइभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन् ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ हामीले हाल सम्म सैयौँ कार्यक्रमहरूकोलागि खल्ती भोटिङ प्ल्याटफर्मको प्रदान गर्दै आईरहेका छौं । यसै अनुरुप हामीले हिमालयन टिभी र ‘द भ्वाइस अफ नेपाल’ सँग को सहकार्यमा ‘द भ्वाइस अफ नेपाल किड्स’ को सिजन १ र २ साथै ‘द भ्वाइस अफ नेपाल’को सिजन ४ र हाल सिजन ५ मा पनि भोटिङ सुबिधा उपलब्ध गराउन पाउँदा निकै खुशी छौं । अब खल्ती प्रयोगकर्ताले आफू जहाँ भए पनि आफ्नो मनपर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्नेछन् । आगामी दिनमा हामी अझ धेरै भन्दा धेरै कार्यक्रमहरूलाई यो प्ल्याटफर्मको सुविधा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्