काठमाडौं । अव खल्तीबाट ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न सकिने भएको छ । खल्तीले पुँजी बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो सेयर, डिम्याट, एसआईपी, को भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरूप खल्तीले नेप्सेसँगको सहकार्यमा खल्ती छनोट गरी टिएमएस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको हो ।
साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको उक्त सुविधा मार्फत सेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५+ ब्रोकर अकाउन्टमा कोलेटरल टिएमएस मार्फत खल्ती प्रयोग गरी कोलेटरल लोड गर्न सकिनेछ । साथै, छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने खल्तीले जनाएको छ ।
खल्ती प्रयोग गरी टिएमएस ब्रोकर अकाउन्टको कोलेटरल निम्न तरिकाले लोड गर्न सकिन्छ:
१. आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जाने
२. “फन्ड मेनेजमेन्ट” मा जाने
३. लोड कोलेटरल छनोट गर्ने
४. बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्ने
५. रकम र रिमार्क्स दाखिला गरि सब्मिट गर्ने
६. पुनः खल्ती जानकारी दाखिला गरि सब्मिट गर्ने
साथै ब्रोकरको भुक्तानी भने निम्न तरिकाले गर्न सकिन्छ :
१. आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जाने
२. ‘फन्ड मेनेजमेन्ट’ मा जाने
३. ‘फन्ड सेटलमेन्ट’ को ‘बाई इन्फर्मेसन’ मा जाने
४. पेमेन्ट ड्यु छनोट गरी
५. ‘खल्ती’ छनोट गरी भुक्तानी गर्ने
उक्त विषयमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘पुँजी बजारमा सक्रिय सहभागिताको प्रवर्धन गर्ने उद्देश्यका साथ हामीले आफ्ना प्रयोगकर्तालाई मेरो सेयर , डिम्याटका साथै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान , (एसआईपी), भुक्तानी सेवा उपलब्ध गराउँदै आईरहेका छौँ,जस अन्तर्गत बार्षिक लाखौँ प्रयोगकर्ताले खल्ती मार्फत यो सेवा उपभोग गरिरहेका छन् । हाम्रो सुविधा उपलब्ध भए सँगै थुप्रै साना तथा मझौला शेर लगानीकर्ता लाभान्वित हुने कुरामा हामी विश्वस्त छौँ साथै आगामी दिनमा थप संस्थासँग सहकार्य गर्दै हाम्रो सुबिधा विस्तार गर्ने उदेश्यका साथ निरन्तर रूपमा अघि बढिरहेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्