काठमाडौं । ‘खल्ती’ ले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यस पाठ्यक्रममा, फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरूले समावेश हुन सक्नेछन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन् ।
नेपालको शिक्षा प्रणालीलाई अझै उत्कृष्ट बनाउन व्यवहारिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको अवस्थालाई मध्यनजर गर्दै खल्तीले अप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम उपलब्ध गराएको हो । शिक्षा र व्यावहारिक जीवनमा देखिएको खाडललाई परिपूर्ति गर्ने उद्देश्यका साथ खल्तीले उपलब्ध गराएको यस पाठ्यक्रममा विद्यार्थीहरूले अहिलेको जल्दोबल्दो थुप्रै कम्पनी मध्यमा एक रहेको (फिनटेक कम्पनीको बारेमा त्यहाँका सदस्यहरूबाट प्रत्यक्ष रूपमा सैद्धान्तिक शिक्षा पाउनुका साथै व्यवहारिक ज्ञानलाई नजिकबाट नियाल्दै खल्तीको आफ्नै कार्यालयमा काम गर्दै अनुभव गर्ने मौका पाउनेछन् ।
यस नबिन सुरुवातका बारे खल्तीका संचालक समितिका सदस्य अमित अग्रवालले भने, ‘हामी फिनटेक क्षेत्रमा निकै समय अघि देखि आबद्ध भएका छौँ र यस क्षेत्रको आवश्यकता, सम्भावित अवसर र आउने चुनौतीहरलाई नजिकै बाट अनुभव गर्दै आएका छौँ । त्यसै अनुरुप हाम्रो फिनटेक क्षेत्रलाई बिकास गर्न आगामी दिनमा कस्तो सिप र ज्ञान भएका जनशक्तिको आवश्यकता पर्न सक्छ भन्ने कुराको अनुमान लगाउन सक्दछौँ। यी सबै कुराहरू मध्यनजर गर्दै हाम्रो फिनटेक क्षेत्रमा आउन चाहने युवाहरूलाई पाठ्यक्रम मार्फत नै आवश्यक सिप र ज्ञान प्रदान गर्ने उद्देश्यका साथ हामी अघि बढेका हौँ । आगामी दिनमा हामी जस्तै अरू संस्थाहरूले पनि यस्तै विभिन्न पाठ्यक्रमहरूको सिर्जना गरि शैक्षिक र व्यवहारिक ज्ञानमा रहेको अन्तरलाई कम गर्न मद्दत गर्नेछन् भन्ने कुरामा हामी आशावादी छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्