काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले इन्टरनेट (इ–मेल सहित)को अनुमति पाएका युनाइटेड टेलिकम लिमिटेड, म्याम्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको लाइसेन्स खारेज गरेको हो ।
प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि अनुमतिपत्र नवीकरण नगरेपछि तीनवटा सेवा प्रदायकको लाइसेन्स खारेज गरिएको हो ।
‘अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः खारेज गरिएको हो ।’, प्राधिकरणको सूचनामा उल्लेख छ । सँगै प्राधिकरणले अनुमतिपत्र खारेज भएका सेवा प्रदायकहरुलाई आगामी ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।
अनुमति पत्र खारेज भएको युनाइटेड टेलिकम लिमिटेडले २०६० कात्तिक ५ गते इन्टरनेट (इ–मेल सहित) अनुमतिपत्र प्राप्त गरेको थियो । त्यस्तै, म्याक्स नेट सोलुसन प्रालिले (इ–मेल सहित) २०७५ मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले (इ–मेल सहित) २०७५ मंसिर १२ गते अनुमतिपत्र प्राप्त गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्