काठमाडौं । कुमारी बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ । बैंकले आउँदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गर्दै नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको हो ।
आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम रु एक हजार हुनुपर्नेछ । उक्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।
डिजिटल बैंकिङ सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर रहेको जनाएको छ ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्