Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्ड

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ आवर्डबाट सम्मानित भएको छ । पुष ३ गते भिसा इन्टरनेशनलद्वारा आयोजित ‘ लिडरशिप कनक्लेभ २०२३ कार्यक्रममा कुमारी बैंक सम्मानित भएको हो ।

स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

देशव्यापी ३०९ शाखा-सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK