काठमाडौं । कुमारी बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । बैंकले आइटि क्षेत्रका लागि ‘केबिएल स्मार्ट बिजनेश लोन फर आइटि कम्पनी’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो।
सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आइटि क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको केबिएल स्मार्ट बिजनेश लोन फर आइटि कम्पनी’ को पोर्टफोलियो सुरक्षण गर्नेछ । यो सम्झौताबाट आइटि कम्पनीहरूमा वित्तीय पहुँच प्रबर्द्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।
बैंकले एनएएस-आइटि सँग साझेदारीमा काम गर्दै आएको छ जस अन्तर्गत बैंकले एनएएस-आइटि सदस्य कम्पनीहरूलाई भौतिक धितो रहित ऋण उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले प्राविधिक विशेषज्ञता मार्फत आइटि कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रबर्द्धन गर्दै आएको USAID Trade and Competitiveness सँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०९ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्